

गैंडा टाईम्स
मिती : २०७५ फागुन २४ नाटकको बारेमा आजको समयसम्म पनि देशको राजनीतिक परिदृश्य जनतामुखी महसुस हुन सकेको छैन । न्याय र समृद्धि अझै पनि प्रतिक्षित छ । गाँस, बास र कपासकै आधारभूत आवश्यकताको दौडमा आम मानिस अल्मलिरहेका छन् । मानवीय संवेदना लुप्तप्राय छ । यस्तो कालमा कसलाई सोच्ने फुर्सद छ जङ्गलका बारे, प्रकृतिका बारे र जनावरहरूका बारे ? ‘सोच्छु’ भन्नेहरूको..Read More

देश बनाउँछु भन्नेहरु
मिती : २०७५ फागुन २३ नाटकको बारेमा (…….. क्रान्ति समय हो । लुगा जस्तै हो । बेला बेलामा फेरिरहन्छ । आसन, शासन र भाषणको युद्व…….) नेपाली राजनैतिक अवस्था र हालको गतिविधिलाई नाटकले इंगित गरेकोछ । नाटक भरपुर मनोरञ्जनात्मक तथा समकालिन परिबेश संग सम्बद्व रहेकोछ । साथै नेपाली राजनीति भित्रका अराजनैतिक कृयाकलापहरुलाई नाटकले समेट्ने कोशिस गरेकोछ । नाटक सरल, सहज र..Read More

ता रेहाय
मिती : २०७५ फागुन २२ नाटकको बारेमा ‘ता रेहाये’ (स्वतन्त्रतातर्फ) ले प्रेम र मानवीयताको शक्तिलाई सङ्केत गर्दछ । जुनसुकै जात, धर्म, समुदाय, वर्ण, भूगोलका कारण जहाँको भए पनि मानिस प्रेम गर्न सक्षम छ र असल मान्छे बन्न सक्षम छ भन्ने सत्यलाई यसले उजागर गर्छ । यस नाटकले अफगानिस्तानका विभिन्न जातिहरूलाई एकीकृत गर्न खोजेको छ । तालिबानहरू पनि अफगानिस्तानी नै हुन्..Read More

बिटुलो आख्यान
मिती : २०७५ फागुन २१ नाटकको बारेमा इतिहास लेखन राजनीतिक कर्म हो । इतिहासविद् इ.एच.कारले भनशे जस्तो इतिहासमा कस्ता तथ्य उल्लेख छन् भनेर बुझ्नु अघि इतिहासकार को हो भनेर बुझ्न जरुरी छ । शक्ति र सत्तामा रहेकाले बताएका इतिहासले कस्तो राजनीतिको पृष्ठपोषण गरेको छ भनेर चासो राख्न थालिएको धेरै भयो । ‘बिटुलो आख्यान’ नाटकले यही विषयलाई इतिहासबारे फरक बुझाई राख्ने..Read More

घरभित्रको अर्को घर
मिती : २०७५ फागुन २० नाटकको बारेमा नाटक ‘घर भित्रको अर्को घर’ एक पारिवारिक–सामाजिक नाट्य कृति हो । साथसाथै आधुनिक समाजमा प्रेमजनित समस्यालाई समेत नाटकले उठाएको छ । गाउँ छोड्ने बाध्यता र सहरमा रहनुको अनेक दुःखद् परिवेश नाटकमा देख्न सकिन्छ । प्रेमको नाममा रहेका विकृतिलाई नाटकले सम्बोधन गरेको छ । पुस्तान्तरणको असर त नाटकमा छ नै, साथमा वृद्धवृद्धाको दारुण मनोदशालाई..Read More

मेमोरी यार्ड
मिती : २०७५ फागुन १९ नाटकको बारेमा नेपाली राजनैतिक वृत्तमा धेरै परिवर्तन भयो । नेपालीहरुले पटक–पटक भिन्न–भिन्न परिदृश्य देखे । आर्थिक, सामाजिक, राजनैतिक परिवर्तन भयो तर त्यसले मानवीय समवेदना, हाम्रोपनको विकास, कला, सँस्कृति र न्यायको विषयमा भने जहिल्यै प्रश्नचिन्ह छाड्यो । यूवाहरु परिस्कृत भइरहे । पारिवारिक, वैयक्तिक र सामाजिक रुपमा देखिने र नदेखिने असर पर्नुका कारण हाम्रो समाजिक मान्यता, सँस्कृति,..Read More

चम्पावती
मिती : २०७५ फागुन १८ नाटकको बारेमा सर्प नचाउने समुदायको कथा हो ‘चम्पावती’। पुरुषको भद्दा इच्छाका सामु पिल्सिएकी एक युवतीको कथा यसले भन्छ। तिमी मप्रति यस्तो अमानवीय नजर किन लगाउँछौ ? भन्दै उनी समाजलाई प्रश्न गर्छिन्। आफ्नो समुदायबाट बाहिरिनु परे पनि उनले आफ्नो श्रीमानको जीवन बचाउन जिन्दगीलाई नै दाउमा राखेकी हुन्। यहाँ फरक वर्गकी अर्की महिला पनि छिन्, जसको सामाजिक..Read More

DESAPARECIDOS#43
मिती : २०७५ फागुन १६ र १७ गते नाटकको बारेमा नाटक यसो भन्दै चिच्याउँछ –‘हामी ययोजिम्पा हौँ । हामी ती ४३ जनालाई सम्झिरहेछौँ । उनीहरू हामीलाई सिध्याउन चाहन्थे तर हामी बिउ थियौँ ।’ यसो भन्दै यसले कहिल्यै नसकिने जबरजस्ती बेपत्ता पारिएको विषयलाई खोतल्छ । सँगै आशा पनि गर्छ कि रगत लत्पतिएको ठाउँबाट फूल उम्रिनेछ र फुल्नेछ । यसले अन्तर्वार्ता, सत्य..Read More

विराटपर्व
मिती : २०७५ फागुन १५ नाटकको बारेमा इतिहासको विषय आफैँमा चुनौतिपुर्ण हुन्छ । विराटनगरको महाभारतकालीन ऐतिहासिक पृष्ठभुमिलाई महाभारतको कथा तथा किम्बदन्तीका आधारमा यस नाटकमा उतार्ने प्रयत्न गरिएको छ । ‘विराटपर्व’ महाभारतको एउटा महत्वपूर्ण भाग हो, जहाँ पाण्डवको बाह्र वर्षे वनवासपछिको एक वर्षे गुप्तवासको कथा वर्णित छ र त्यो विराटनगरको इतिहाससँग सम्बन्धित हो भनी मानिदैँ आइएको छ । निर्देशकीय ईतिहासलाई मञ्चमा..Read More

विराटनगर अन्तर्राष्ट्रिय नाटक महोत्सव २०७५
प्रदेश नं. १ को अस्थायी राजधानी, ऐतिहासिक तथा साँस्कृतिक सहर विराटनगरमा रहेको आरोहण, विराटनगरमा पूर्वमै पहिलो पटक २०७५ साल फाल्गुन १५ गते देखि १० दिन अन्तर्राष्ट्रिय नाटक महोत्सव गर्ने तयारी छ । भारत, बङ्गलादेश, श्रीलङ्का, अफ्गानिस्तान, इटाली र नेपालका गरी १० वटा नाटक मञ्चन गरीने नाटक महोत्सवमा १५० भन्दा धेरै कलाकारहरुको सहभागिता रहनेछ । सो नाटक महोत्सवमा नेपालका तर्फबाट प्रदेश..Read More