2020
14 मार्च 2020
कवि मनप्रसाद सुब्बा

पाँचौ अनुक्रम – कवि मनप्रसाद सुब्बा

कवि मनप्रसाद सुब्बा

कवि परिचय सन् २०५२ सेप्टेम्बर ३ तारिखमा भारतको दार्जिलिङ, बिजनबारीमा जन्मनुभएका मनप्रसाद सुब्बा भारतको प्रतिष्ठित साहित्य अकादमी पुरस्कार विजेता कवि हुनुहुन्छ । दार्जिलिङको विद्यासागर उच्च माध्यामिक विद्यालय र बिजनबारी डिग्री कलेजमा अङ्ग्रेजी साहित्य अध्यापनमा संलग्न रहनुभएका सुब्बाको पूख्र्यौली थलो नेपालको पाँचथर, इम्बुङ हो । नेपाली साहित्यमा पाँच दशक बढिदेखि सक्रिय रहनुभएका वहाँ आफूलाई प्रवासी (नेपालको लागि) हुँ जस्तो नलाग्ने गरेको..Read More

15 फ्रेवुअरी 2020
कवि मोमिला (मोमिला जोशी)

चौथो अनुक्रम – कवि मोमिला जोशी

कवि मोमिला (मोमिला जोशी)

कवि परिचय कवि मोमिला (मोमिला जोशी) को जन्म वि.सं. २०२४ सालमा धनकुटाको हुलाकटोलमा भएको हो । त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर (महिलामध्ये प्रथम श्रेणीमा प्रथम) गर्नुभएकी मोमिला गोल्डेनगेट इन्टरनेसनल कलेज, काठमाण्डौमा असोसिएट प्रोफेसरको रुपमा प्राध्यपन पेशामा संलग्न हुनुहुन्छ । वहाँ नेपाली कलासाहित्य डटकम प्रतिष्ठानकी अध्यक्ष र साहित्यिक पत्रकार संघको आजीवन सदस्य तथा कालचक्र नेपालको संस्थापक सदस्य लगायत समेत हुनुहुन्छ । वि.सं. २०३३..Read More

18 जनवरी 2020
कवि बम देवान

तेस्रो अनुक्रम – कवि बम देवान

कवि बम देवान

कवि परिचय वरिष्ठ कवि बम देवानको जन्म माता अर्जमाया देवान र पिता तुलाराम राई (देवान)को सुपुत्रका रुपमा वि.सं. २००३ साल मङ्सिर १५ गते सङ्खुवासभाको आँखीभूइँमा भएको हो । त्रिभुवन विश्वविद्यालयबाट वि.सं. २०२९ सालमा स्नातक गर्नुभएपछि देवान अध्यापन पेशामा संलग्न रहनुभयो । सक्रिय राजनीतिमा लाग्नुभई केही समयको अध्यापनपछि वहाँ वि.सं. २०४३ देखि २०४६ सालसम्म धरान नगर पञ्चायतको प्रधानपञ्च हुनुभयो । हाल..Read More

2019
21 डिसेम्बर 2019
तुलसी दिवस

दोस्रो अनुक्रम – कवि तुलसी दिवस

तुलसी दिवस

कवि परिचय वरिष्ठ कवि तुलसी दिवस (तुलसीप्रसाद जोशी) को जन्म वि.सं. १९९८ साल असार २१ गते धनकुटाको ठाडो बजारमा माता चण्डिकादेवी तथा पिता महाप्रसाद जोशीका सुपुत्रका रूपमा भएको हो। प्रारम्भिक अध्ययन धनकुटामा गर्नुभई त्रिभुवन विश्वविद्यालयबाट नेपाली साहित्यमा स्नातकोत्तर गर्नुभएका दिवसले अमेरिका, जापान लगायतका मुलुकमा रहेका विभिन्‍न विश्वविद्यालयबाट भाषा, संस्कृति र लोकवार्ता विषयमा विशेषज्ञता हासिल गर्नुभएको छ। वहाँले नेपालका विभिन्‍न विश्वविद्यालय..Read More

19 नोभेम्बर 2019
काव्यारोहण - पहिलो अनुक्रम - कवि बैरागी काइँला

पहिलो अनुक्रम – कवि बैरागी काइँला

काव्यारोहण-आरोहण कविता यात्रा बैरागी काइँला

कवि परिचय आयामेली आन्दोलन (२०२०) मार्फत साहित्य क्षेत्रमा नयाँ युगको शुरुवात गर्ने साहित्यकारको रूपमा परिचित मूर्धन्य कवि तथा चिन्तक बैरागी काइँलाको जन्म वि.सं. १९९६ साउन २५ गते पाँचथर जिल्लाको पौवा गाउँमा भएको थियो। थोरै तर सशक्त कविता लेखेर धेरै चर्चित, अर्थित र गर्वित प्राज्ञमा दरिने बैरागी काँइलाको वास्तविक नाम तीलबिक्रम नेम्बाङ हो। विलक्षण बिम्बहरूमा भाषाको चामत्कारिक विलाश गर्नुहुने कवि काइँलाकोतेस्रो..Read More