2019
15 सेप्टेम्बर 2019

परिवेश

परिवेश

मिती : २०७६ भाद्र २९ नाटकको बा‍रेमा परिवेश नाटक बाल मनोविज्ञानमा आधारित नाटक हो । बालकले उसको सामिप्यमा भएका व्यक्ति वा वस्तुका बा‍रेमा बनाउने धारणा र त्यसको वास्तविकता अनि मनोभावबीचको द्वन्द्व नै नाटकको मूल पक्ष हो । कल्पनाशिलता र वास्तविकताबीचको रहस्योद्घाटन पश्चात बालवालिकाहरुको भविष्य कस्तो बन्ला भन्‍ने जिज्ञासा नै यो नाटकको कथानक हो । बालबालिकामा प्रविधिको बढ्दो प्रयोगलाई प्रविधि र..Read More

14 सेप्टेम्बर 2019

चण्डालिका (एक अनन्त प्रेम कहानी)

चण्डालिका (एक अनन्त प्रेम कहानी)

मिती : २०७६ भाद्र २८ नाटकको बा‍रेमा यो नाटक प्राचीन भारतमा आधारित रही स्थापित गरिएको छ, जतिबेला भारतीय उपमहाद्वीपमा बौद्ध धर्म प्रचलित रहिआएको थियो । विश्व कवि रविन्द्रनाथ टैगोरद्वारा लिखित यस नृत्य नाटकले छुवाछुतको त्रासदीलाई बयान गर्दछ । यो कथा बुद्धको प्रमुख शीष्य आनन्द र एक गरिब अछुत केटी प्रकृतिको वरिपरि घुम्छ । यस नाटकले मानवबीचको प्रेमको गहिराईलाई खोतल्दछ ।..Read More

13 सेप्टेम्बर 2019

प्रधानमन्त्री

प्रधानमन्त्री

मिती : २०७६ भाद्र २७ नाटकको बा‍रेमा हाम्रो नाटकको शीर्षक प्रधानमन्त्री रहेको छ । यसमा हामीले एक प्रभावशाली प्रधानमन्त्रीमार्फत सकरात्मकतालाई दर्शााउन खोजेका छौँ । उनको प्रभावकारी दृष्टिकोणलाई यस नाटक मार्फत प्रस्तुत गरिएको छ, जसमा स्रोतको उच्चतम परिचालन गरी ग्रामिण तथा दुर्गम भेगमा बढीभन्दा बढी विद्यालयहरु स्थापना गर्ने, मेडिकल कलेजहरु सञ्चालन गर्ने, देशको लागि अधिक फाइदाजनक जलविद्युतको विकास गर्ने, नेपाल भ्रमण..Read More

12 सेप्टेम्बर 2019

नासो

नासो

मिती : २०७६ भाद्र २६ नाटकको बा‍रेमा गुरुप्रसाद मैनालीको चर्चित कथा नासोको नाट्य रुपान्तरण गरी यो नाटक तयार गरिएको छ । यस नाटकले उक्त कथाकालका ठेट नेपाली संस्कार मान्‍ने एउटा परिवारको बहुविवाहको कारण उत्पन्‍न द्वन्द्व र समस्याहरुलाई दर्शाउँछ । एकजना पुरुषले पहिलो विवाहबाट सन्तान नभएपछि दोस्रो विवाह गरेपश्चातको ऊ र उसको परिवारको कथा यस नाटकमा देखाउने प्रयास गरिएको छ ।..Read More

11 सेप्टेम्बर 2019

छाउपडी

छाउपडी

मिती : २०७६ भाद्र २५ नाटकको बा‍रेमा सुदुरपश्चिम र मध्यपश्चिमका पहाडी भेगहरुमा अझै पनि ज्वलन्त रहेको एक प्रकारको प्रथा जुन रजश्वला र सुत्केरी भएका नारीहरु घर छोडेर केहीपर बनाइएको गोठ वा झुपडीमा बस्न लगाइन्छ, त्यो नै छाउपडी प्रथा हो । रजश्वला भएकी छोरीलाई घर, समाज मिलेर त्यहाँ बस्न बाध्य पारिन्छ । छाउपडी कुडी (गोठ) मा बस्दा सर्प, बिच्छी, किराहरुले टोक्ने,..Read More

10 सेप्टेम्बर 2019

लक्ष्मीपूजा

लक्ष्मीपूजा

मिती : २०७६ भाद्र २४ नाटकको बा‍रेमा लक्ष्मीपूजा नाटक गोविन्द बहादुर मल्ल ‘गोठाले’को कथाको नाट्य रुपान्तरण हो । यो नाटक एक निम्नवर्गीय परिवारको समस्यालाई प्रस्तुत गरिएको बालमनोवैज्ञानिक कथामा आधारित छ । यस नाटकमा निम्नवर्गीय परिवारमा चाडवाड मनाउन समेत धौधौ परेको कुरालाई नाटकको प्रमुख पात्र ‘लाल’को माध्यमबाट व्यक्त गरिएको छ । उसले सामान्य मनस्थितिबाट असामान्य प्रतिक्रिया देखाउन पुग्छ । निर्देशकीय आरोहण..Read More

9 सेप्टेम्बर 2019

दशैँ

दशैँ

मिती : २०७६ भाद्र २३ नाटकको बा‍रेमा दशैं शिर्षकको यस नाटकमा दशैं एउटा चाड हो र यसमा हामीले धेरै तडकभडक गर्नु हुँदैन, दशैं सबैलाई आउँछ तसर्थ धेरै पैसा खर्च गरेर अरुलाई देखाउनुको सट्टा त्यो पैसा बचत गरे भविष्यमा काम लाग्न सक्छ । आफ्ना छोराछोरीलाई बचत गर्न सिकाउनुपर्छ भनेर गरीब र धनी वर्गलाई यस नाटकमा उभ्याएर नाटक अगाडी बढेको छ ।..Read More

8 सेप्टेम्बर 2019

मेहनत र परिश्रमको फल

अपेक्षा तामाङ

मिती : २०७६ भाद्र २२ नाटकको बा‍‍रेमा यो नाटकको कुटुनी बुढीको कथामा आधारित छ, जसले सिङ्गो गाउँको भाग्य बदलिदिन्छ । निर्देशकीय म यस अन्‍नपूर्ण एकेडेमीको कक्षा आठमा अध्यनरत विद्यार्थी हुँ । मलाई अभिनयप्रति धेरै उत्सुकता छ, र अहिले भाग्यवश आरोहण गुरुकुलका राजेश ठाकुर सर र यसै विद्यालयका संस्थापक सदस्य सन्दीप कट्टेल सरको र प्रेरणामा यो नाटक निर्देशन गर्ने स्वर्णिम अवसर..Read More

7 सेप्टेम्बर 2019
अध्याँरो बाटो

अध्याँरो बाटो

अध्याँरो बाटो

मिती : २०७६ भाद्र २१ नाटकको बा‍रेमा यो नाटक नेपाली समाजमा भएको सामाजिक यथार्थ विषयवस्तुमा आधारित नाटक हो । एउटा विपन्‍न परिवारको छोरी आर्थिक समस्याबाट मुक्त पाउन अनेक प्रयत्न गर्दागर्दै बेचिन पुगेकी छ । बेचिएको नारीको जीवन गाथामा आधारित यस नाटकमा समाजमा त्यस्ता नारीलाई सहजै स्वीकार नगर्ने, हेला, उपेक्षा गर्ने गरेको दृश्यलाई मार्मिक ढंकबाट प्रस्तुत गरिएको छ । त्यस्ता नारीलाई माया,..Read More

6 सेप्टेम्बर 2019
म–नैतिक

म–नैतिक

म–नैतिक

मिती : २०७६ भाद्र २० नाटकको बा‍रेमा यो नाटक किशोर अवस्थाका स्कूले विद्यार्थीहरु र उनीहरुको विद्यार्थी जीवनको कथा हो । यसले हाँस्य–व्यङ्ग्यात्मक माध्यमबाट वर्तमान समयका केही सामाजिक मुद्दाहरुलाई समेत प्रतिबिम्बित गर्ने प्रयास गरेको छ । यो नाटक किशोर मनोविज्ञान र सामाजिक व्यवहारको वरिपरि घुम्छ । ‘म–नैतिक’ नाटकले नैतिक मूल्यमान्यताहरु र समाजको वास्तविक चरित्रबीचको भिन्‍नतालाई उतार्ने प्रयास गरेको छ । निर्देशकीय..Read More

6 सेप्टेम्बर 2019
School Theatre Festival

विराटनगर विद्यालय नाट्य महोत्सव २०७६

Biratnagar School Theatre Festival 2019 NP

आरोहण गुरुकुल विराटनगरको आयोजनामा भदौ २० गतेदेखि २९ गतेसम्म विराटनगर विद्यालय नाट्य महोत्सव २०७६ आयोजना हुने भएको छ ।सो महोत्सवमा विभिन्‍न विद्यालयले कक्षा १२ सम्मका विद्यार्थीहरुलाई समावेश गराई तयार पारेको नाटक महोत्सवमा देखाइने जनाईएको छ । महोत्सवमा ९ वटा विद्यालयका एक–एक वटा नाटक दैनिक दुई पटक मञ्‍चन गरिने र गुरुकुलको तर्फबाट एउटा नाटक मञ्‍चन हुने छ । महोत्सवका लागि विद्यालयको..Read More