प्रदेश नं. १ को अस्थायी राजधानी, ऐतिहासिक तथा साँस्कृतिक सहर विराटनगरमा रहेको आरोहण, विराटनगरमा पूर्वमै पहिलो पटक २०७५ साल फाल्गुन १५ गते देखि १० दिन अन्तर्राष्ट्रिय नाटक महोत्सव गर्ने तयारी छ । भारत, बङ्गलादेश, श्रीलङ्का, अफ्गानिस्तान, इटाली र नेपालका गरी १० वटा नाटक मञ्चन गरीने नाटक महोत्सवमा १५० भन्दा धेरै कलाकारहरुको सहभागिता रहनेछ । सो नाटक महोत्सवमा नेपालका तर्फबाट प्रदेश नं. १ मा नाट्य गतिविधि गरिरहेका ५ वटा नाटक समूहहरुले नाटक मञ्चन गर्नेछन् । नाटक महोत्सवका दौरानमा प्रदेश नं. १ को विशेषता झल्कने तथा विभिन्न जातिका साँस्कृतिक प्रदर्शनी गरिनेछ र सोको अभिलेख समेत राखिनेछ । प्रत्येक नाटक मञ्चन पश्चात प्रत्येक दिन नाटकका विषयमा कलाकारहरुकाबिचमा अन्तर्क्रिया सञ्चालन गरिनेछ ।
नाटक महोत्सव सुरु हुनुअघि इटालीबाट आएका नाटक समूहका कलाकारहरुबाट प्रशिक्षण दिइनेछ र सोही प्रशिक्षणमा सहभागी कलाकारहरूलाई समेत इटालीको नाटक समूहले मञ्चन गर्ने नाटकमा अभिनयको अवसर दिइनेछ ।
नाटक प्रदर्शनका लागि आएका स्वदेशी तथा विदेशी कलाकारहरुलाई प्रदेश नं. १ का पर्यटकीय तथा ऐतिहासिक गन्तव्यहरुमा अवलोकन भ्रमण गराइनेछ र स्थानीय समुदाय तथा स्थानीय सरकारसँग अन्तर्क्रिया गराइनेछ ।
१० दिनसम्म चल्ने नाटक महोत्सवमा राष्ट्रिय तथा अन्तराष्ट्रिय साहित्य जगतमा ख्याती कमाउनुभएका विशिष्ठ व्यक्तित्वहरुको समेत उपस्थिति रहनेछ । र सोही महोत्सवको समापनको अवसरमा २०७५ सालभित्रै विराटनगरमै आयोजना गरिने अन्तर्राष्ट्रिय साहित्यिक महोत्सवको घोषणा समेत गरिनेछ ।
प्रदेश नं. १ मा नै पहिलो पटक आयोजना गर्न लागिएको अन्तर्राष्ट्रिय नाटक महोत्सव प्रदेश १ कै गौरवको विषय हो । समाज विकासको मापक समेत मानिने कला तथा साहित्यको संरक्षण, विकास तथा प्रवर्द्धनका हेतुले विराटनगर महानगरपालिका तथा विभिन्न संघ-संस्थाहरुको सहयोगमा यस महोत्सवको आयोजना गरिएको हो ।
महोत्सवमा मञ्चन हुने नाटकहरु :-
क्र.सं. | मिति | सहभागी देश | नाटकको नाम | |
१ | २०७५/११/१५ | नेपाल (आरोहण, विराटनगर) | विराट पर्व | इवेन्ट |
२ | २०७५/११/१६ | इटाली | Desaparaecid os #43 | इवेन्ट |
३ | २०७५/११/१७ | इटाली | Desaparaecid os #43 | इवेन्ट |
४ | २०७५/११/१८ | भारत | चम्पावती | इवेन्ट |
५ | २०७५/११/१९ | नेपाल | मेमोरी यार्ड | इवेन्ट |
६ | २०७५/११/२० | नेपाल (झोराहाट नाट्य समूह, झोराहाट) | घरभित्रको अर्को घर | इवेन्ट |
७ | २०७५/११/२१ | नेपाल (परिवर्तन थिएटर, काँकडभिट्टा) | विटुलो आख्यान | इवेन्ट |
८ | २०७५/११/२२ | अफगानस्तान | ता राहाये | इवेन्ट |
९ | २०७५/११/२३ | नेपाल (थिएटर नेपाल, उदयपुर) | देश बनाउँछु भन्नेहरु | इवेन्ट |
१० | २०७५/११/२४ | नेपाल (कदम थिएटर, दमक) | गैंडा टाईम्स | इवेन्ट |
Please wait while flipbook is loading. For more related info, FAQs and issues please refer to DearFlip WordPress Flipbook Plugin Help documentation.
0 comments on “विराटनगर अन्तर्राष्ट्रिय नाटक महोत्सव २०७५”