आरोहण पूर्वाञ्चल केन्द्रको रूपमा निर्माण गरिएको गुरुकुल विराटनगरमा तपाईंलाई हार्दिक स्वागत गर्दछौं ।
राजधानीमा मात्र सीमित नरही उपत्यका बाहिर पनि साहित्यिक-साँस्कृतिक गतिविधि सञ्चालन गर्ने उद्देश्यले स्थापना गरिएको यो केन्द्र हाम्रो एउटा विनम्र प्रयास र ठूलो सपना हो ।
यो काममा हामीलाई विराटनगरका सबै राजनीतिक दलहरू, स्थानीय निकाय तथा नागरिक समाज सबैले सघाउनु भएको छ । उहाँहरू सबैलाई धन्यवाद ।
म विराटनगरका दुईजना अग्रज रङ्गकर्मी र दुईजना नगरवासीहरूलाई स्मरण गर्न चाहन्छु : स्व. माधव सापकोटा, स्व. दिपक आलोक, स्व. सीताराम पोखरेल र स्व. महेन्द्र गोल्छा । सबैको ठूलो नैतिक बल यो केन्द्रसँग जोडिएको थियो । आज उहाँहरू हामी बीचमा हुनुहुन्न । तर उहाँहरूको आर्शीवाद हामीसँग छ ।
अब यो साँस्कृतिक केन्द्र विराटनगरको सम्पत्ति हो । हामी सधैँ तपाईंको सुझाव, सल्लाह, मद्दत र मार्गनिर्देशनको अपेक्षा गर्दछौं ।
-सुनील पोखरेल
मत्र्चन तालिका
मिति | नाटक | |
वैशाख १-४, २०६८ | खरीको घेरो | इवेन्ट |
वैशाख ५-८, २०६८ | सम्राटको नयाँ लुगा/ कुरूप टिउरो | इवेन्ट |
वैशाख ४-१२, २०६८ | एकटा छल गदहा | इवेन्ट |
वैशाख १३-१६, २०६८ | जात सोध्नु जोगीको | इवेन्ट |
वैशाख १७-२३, २०६८ | ताराबाजी लै लै… | इवेन्ट |
जेठ १-४, २०६८ | बहादुरपुरको दन्त्य कथा | इवेन्ट |
दिउँसो १.३० र साँझ ५.३० बजे (पहिलो दिन साँझ ५.३० मा मात्र प्रदर्शन हुनेछ )
Please wait while flipbook is loading. For more related info, FAQs and issues please refer to DearFlip WordPress Flipbook Plugin Help documentation.
0 comments on “आरोहण राष्ट्रिय नाटक महोत्सव २०६८”