गैंडा टाईम्स

मिती : २०७५ फागुन २४

नाटकको बा‍रेमा

आजको समयसम्म पनि देशको राजनीतिक परिदृश्य जनतामुखी महसुस हुन सकेको छैन । न्याय र समृद्धि अझै पनि प्रतिक्षित छ । गाँस, बास र कपासकै आधारभूत आवश्यकताको दौडमा आम मानिस अल्मलिरहेका छन् । मानवीय संवेदना लुप्तप्राय छ । यस्तो कालमा कसलाई सोच्ने फुर्सद छ जङ्गलका बा‍रे, प्रकृतिका बा‍रे र जनावरहरूका बा‍रे ? ‘सोच्छु’ भन्‍नेहरूको सङ्ख्या न्यून छ । यहाँ तस्कर नै बन्छनशशश् संरक्षक । यस्तो अवस्थामा विश्वास कसको र किन गर्ने ? प्राणीहरूमा सबैभन्दा विवेकहीन मान्छेहरू नै रहेछन् सायद । के जङ्गल र जनावर ‘समाज’कै हिस्सा होइनन् र ? कि वेग्लै छ प्रकृतिको समाज र वेदना ? आफ्नो बाको खाग चोरी भएपछि तस्करहरूबाट खाग फिर्ता ल्याउन सक्ने विश्वासका साथ काठमाडौँ हिँडेको ‘केटो’को कथा हो – गैँडा टाइम्स ।

निर्देशकीय

Gainda Times

रंगमञ्‍चबाट मैले सिकेको महत्वपूर्ण कुरा आफू आफैसँग इमान्दार हुने प्रयास गर्नु हो । इमान हामी मान्छेहरूको ‘मुकुट’ हो । इमान बेगरको मान्छे मुकुटहीन हुन्छ । यस पटक गैंडाहरूको मुकुटको कथा भन्‍ने प्रयास गरेको छु। मान्छेहरूको इमानको कथा भन्‍ने प्रयास गरेको छु । विश्वास गरेर कथालाई नाटक बनाउन अनुमति दिनुहुने बुद्धिसागर, नाटक गर्ने वातावरण बनाइदिनुहुने साथीहरू, शुभचिन्तकहरूसँग आभारी छु । प्रयास जारी छ । भूलचुक लिने दिने ।

लेखक : बुद्दिसागर
निर्देशक: सिजन बराल

0 comments on “गैंडा टाईम्स

Comments are closed.