घरभित्रको अर्को घर

Gharbhitrako Arko Ghar - International Theatre Festival Biratnagar 2019

मिती : २०७५ फागुन २०

नाटकको बा‍रेमा

नाटक ‘घर भित्रको अर्को घर’ एक पारिवारिक–सामाजिक नाट्य कृति हो । साथसाथै आधुनिक समाजमा प्रेमजनित समस्यालाई समेत नाटकले उठाएको छ । गाउँ छोड्ने बाध्यता र सहरमा रहनुको अनेक दुःखद् परिवेश नाटकमा देख्न सकिन्छ । प्रेमको नाममा रहेका विकृतिलाई नाटकले सम्बोधन गरेको छ । पुस्तान्तरणको असर त नाटकमा छ नै, साथमा वृद्धवृद्धाको दारुण मनोदशालाई नाटकमा उतार्न खोजेको छु,  नाटकबा‍रे तपाँईको प्रतिक्रियाको अपेक्षा गर्दछु ।

निर्देशकीय

Gharbhitrako Arko Ghar

मानव मनोविज्ञानको पक्षसँग जोडिएको नाटक हो– ‘घर भित्रको अर्को घर’ । नाटककार भरत गुरागाईको यो नाटकलाई मैले निर्देशन गरेँ जसमा झोराहाट नाट्य समूहका कलाकारहरुले सुन्दर अभिनय गर्ने कोशिश गरेका छन् । कलाकाहरु मञ्‍चमा उत्रिन्छन् र पात्रहरुको मनोविज्ञानसँग खेल्छन् । पात्रहरुले स्वअस्तित्व खोज्छन् र अनेक रुपमा त्यही लडाइँ लड्छन् । एउटा घरभित्र अनेकौँ घर जन्मिनु वर्तमानको दुःखद् समस्या हो । नाटक कस्तो छ भनिदिनुहुनेछ हामीलाई ।

लेखक : भरत गुरागाईँ
निर्देशक: जीवन बराल

0 comments on “घरभित्रको अर्को घर

Comments are closed.