चम्पावती

मिती : २०७५ फागुन १८

नाटकको बा‍रेमा

सर्प नचाउने समुदायको कथा हो ‘चम्पावती’। पुरुषको भद्दा इच्छाका सामु पिल्सिएकी एक युवतीको कथा यसले भन्छ। तिमी मप्रति यस्तो अमानवीय नजर किन लगाउँछौ ? भन्दै उनी समाजलाई प्रश्न गर्छिन्। आफ्नो समुदायबाट बाहिरिनु परे पनि उनले आफ्नो श्रीमानको जीवन बचाउन जिन्दगीलाई नै दाउमा राखेकी हुन्। यहाँ फरक वर्गकी अर्की महिला पनि छिन्, जसको सामाजिक स्तर चम्पावतीको भन्दा राम्रो छ, तर अवस्था उस्तै छ। समयक्रममा ती महिलाले बिस्तारै घरेलु साङ्लो तोड्छिन् र घरको पर्खालभित्र हुर्किएको संरचनागत पितृसत्ताका विरुद्ध विद्रोह गर्छिन्। चम्पावती दुई महिलाको साहस र सङ्घर्षको कथा हो।

निर्देशकीय

Director champabati

सैयद हकको लेखकीय कद अग्लो छ। उनले चम्पादेवीलाई जसिमुद्धिन ‘बेदेर मेये’ को सन्दर्भसँग जोडेका छन्। त्यसलाई नयाँ लोक चालढाल र शारीरिक प्रस्तुतिमा मञ्‍चसम्म पुर्‍याइएको छ। चम्पादेवीलाई कविता, संगीत र विस्तृत कथावाचनमार्फत प्रस्तुत गर्न मलाई मन थियो। समयसापेक्ष र प्रासङ्गिक लाग्ने दृश्यहरूमा केही चिजहरू थपिएका छन्। नाटकमा यति बेला म नााटककार सैयदकी श्रीमती सैयद अनोवारा हकलाई सम्झिरहेको छु। वहाँले धेरै कुरामा सहजीकरण गरिदिनुभएको थियो। यस्तै चर्चित लोक कलाकार वकिल मुन्शी र बारी सिद्धिकीलाई सुन्दर संगीतका लागि धन्यवाद भन्‍न चाहन्छु।

लेखक : विप्लव डे
निर्देशक: सइद शमसुल हक

0 comments on “चम्पावती

Comments are closed.