ता रेहाय

मिती : २०७५ फागुन २२

नाटकको बा‍रेमा

‘ता रेहाये’ (स्वतन्त्रतातर्फ) ले प्रेम र मानवीयताको शक्तिलाई सङ्केत गर्दछ । जुनसुकै जात, धर्म, समुदाय, वर्ण, भूगोलका कारण जहाँको भए पनि मानिस प्रेम गर्न सक्षम छ र असल मान्छे बन्‍न सक्षम छ भन्‍ने सत्यलाई यसले उजागर गर्छ । यस नाटकले अफगानिस्तानका विभिन्‍न जातिहरूलाई एकीकृत गर्न खोजेको छ । तालिबानहरू पनि अफगानिस्तानी नै हुन् भन्‍ने कुरालाई अफगानस्तानमा बिर्सिँदै जान थालिएको बेला जो तालिबान बने, ती सबै रहरले बनेका हैनन् र उनीहरूका पनि आफ्नै पीडा होलान् भन्‍ने जस्ता पक्षहरू उजागर गर्दै यस नाटकले फरकपनालाई पनि स्वीकार गर्न सक्नुपर्छ भन्‍ने सन्देश दिन खोजेको छ ।

निर्देशकीय

Director Ta rehaye

सत्य घटनामा आधारित यस कथालाई अफगान थिएटर टिमले आफैँ लेखेर, निर्देशन गरेर प्रस्तुत गरेको हो । यसले एक युवक र युवतीको सुन्दर प्रेम कथालाई आधार मानेर कथा बुनेको छ, जो अफगानिस्तानको फरक जाति ‘हजारा’ र ‘पस्तुन’ लाई प्रतिनिधित्व गर्दछन् । तालिवान समस्या भइरहेको बेलाको कथा हो यो । यस कथाले कुनै पूर्वाग्रहबिना बहुलताको सुन्दर पक्षहरू उजागर गरेको छ । फरक भाषा, जातजाति र विचारहरू भए पनि एक अर्काको फरकपनालाई सहर्ष स्वीकार र सम्मान गर्नुपर्ने सन्देश यो नाटकले दिएको छ ।

लेखक : कुरवान मर्जी
निर्देशक: सइद इद्रीस फाक्री

0 comments on “ता रेहाय

Comments are closed.