देश बनाउँछु भन्‍नेहरु

मिती : २०७५ फागुन २३

नाटकको बा‍रेमा

(…….. क्रान्ति समय हो । लुगा जस्तै हो । बेला बेलामा फेरिरहन्छ । आसन, शासन र भाषणको युद्व…….) नेपाली राजनैतिक अवस्था र हालको गतिविधिलाई नाटकले इंगित गरेकोछ । नाटक भरपुर मनोरञ्जनात्मक तथा समकालिन परिबेश संग सम्बद्व रहेकोछ । साथै नेपाली राजनीति भित्रका अराजनैतिक कृयाकलापहरुलाई नाटकले समेट्ने कोशिस गरेकोछ । नाटक सरल, सहज र पूर्णतः कवितात्मक संवाद शैलीमा मञ्‍चन हुनेछ । प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्र सम्म देश आई पुग्दा राजनैतिक भित्रका नैतिकतालाई अनै तिकतालाई नाटकले परिभाषित गर्ने प्रयास गरेकोछ । नाटकमा सहभागि सबै कलाकार र निर्देशक लगायत नेपत्थ्यमा कार्यरत साथीहरुको अथक प्रयास रहेकोछ ।

निर्देशकीय

Desh Banaunchhu Bhanneharu

नाटकमा देश र समकालिन अबस्थालाई साक्षात्कार गरिएकोछ । देशले खेपीरहेको दुःख र दर्द समेटिएको छ । वफादार नेता र राजनैतिक अबस्थाका कारण देश नरकमय हुन पुगेको छ । नेपाल आमाका आफ्नै सन्तानहरु पनि भागबण्डामा तल्लिन रहेको ह्ँदा यो देशको रक्षार्थ हामी सबैले तत्परता देखाउनु पर्ने कुरा यस नाटकमा उल्लेखछ । यो नाटक पूर्णतः कवितात्मक संवाद शैलीमा प्रस्तुत हुनेछ । २०४९ साल देखि मोफसललाई आफ्नो कर्मथलो बनाई नाट्यक्षेत्रबाट पहिचान बनाई सक्नुभएकोछ, गोपाल कृतिले । समाप्त असमाप्त देखि तुँवालो सम्म आई पुग्दा उहाँमा नाट्यकलाको प्रतिभा धेरैनै तिखारिएर आई रहेको देखिन्छ र निर्देशन कार्यमा भने उनी अब्बलनै देखिएका छन । कृति, सातवटा राष्ट्रको एक महिने नाट्य कार्यशालाको शिलशिलामा नेपालको प्रतिनिधित्व गर्दै हालै भारत पनि गएका थिए ।

लेखक / निर्देशक: गोपाल कृती

0 comments on “देश बनाउँछु भन्‍नेहरु

Comments are closed.