पर्खाल

पर्खाल

मिति : २०६९ असोज १९ गते देखी कार्तिक ४ गतेसम्म
समय : साँझ ५:०० वजे

निर्देशकीय

पर्खाल (नाटक) आरोहण गुरूकुल विराटनगरको पाँचौं प्रस्तुति हो । यो नाटक सामाजिक, पारिवारिक कथामा आधारित छ । साहित्य र कला जीवन र प्रकृतिको छाया हो । त्यसैले यसमा हाम्रै समाजको चित्र छ । हाम्रै भोगाइका सत्य यस नाटकमा देख्न सकिन्छ ।

फरक फरक नाकक प्रस्तुत गर्ने आरोहणको अभियान अनुसार यो नाटकको स्वाद पहिलेको नाटक भन्दा फरक छ भन्‍ने हामीलाई लागेको छ ।  हामीलाई विश्वास छ, हाम्रा अन्य नाटकलाई झै यो नाटकलाई पनि यहाँहरुले रूचाउनु हुनेछ । हामीले सधैं यहाँको सहयोग र सद्भावको आशा राखेका छौं । यो नाटकपछि यहाँको अमूल्य सुझाव र टिप्पणीको प्रतीक्षा रहने छ ।

२०६९ सालको विजया दशमी, दीपावली तथा छठपर्वको हार्दिक शुभकामना ।

– जीवन कुड्केल

लेखकीय

मैले तीन दर्जन जसो नाटक लेखेँ हुँला । मनपरेका थोरै नाटकमध्ये पर्खाल पनि एउटा हो । मलाई लाग्छ, हामी नाटकमा जीवन खोज्छौँ र पर्खाल नाटकले पनि हामीलाई जीवन खोज्न मद्दत पुर्यागउँछ । आशावादी मनहरु, अराजक मनहरु, विसङ्गत मनहरु, टुटेफुटे र च्यातिएका मनहरु अनि सार्थक जीवन बाँच्ने जमर्काहरुको समिश्रण हो पर्खाल ।

सबै अवस्थामा हाँसोले शान्ति दिन सक्तैन अनि आँसुले कमजोर बनाउँदैन मान्छेलाई । अब्राहम लिङ्कनले आफूनो छोरो पढ्ने स्कूलको प्रधानाध्यापकलाई लेखेको चिठी किन किन पढिरहन मन लाग्छ । म त्यहाँ पनि जीवनको अर्थ देख्ने गर्छु ।

पर्खाल मानव मन विभाजनको लक्ष्मण रेखा हो । हामी पर्खाल भत्काउन भन्दा ठड्याउन मै रमाइरहेका हुन्छौं । पर्खालले बन्दी बनाइसकेपछि मात्र हाम्रो निद्रा टुट्ने गर्छ, जब कि त्यतिबेलासम्म अबेर भैसकेको हुन्छ ।

पर्खाल ऋषिराज दाहालको सोच, खेम नेपालीको प्रेरणा हो र गुरूकुलका दाजु भैरव क्षेत्रीको चाँजोपाँजोमा वसन्त भट्टले यो अवस्था दिनु भयो । म लेखक होइन निमित्त मात्र हुँ । हामीले नाटक बोकेर मेचीकालीको यात्रा गरेका छौं, गौरव छ | तर त्योभन्दा बढी गौरव आरोहण गुरूकुलको ब्यानरमा हुने नाटकको लेखक बन्‍नुमा छ | यो खुशी म सबैमा बाँड्न चाहन्छु |

जीवन कुङँकेलले निर्देशन र प्रयाग न्यौपानेले सहयोग निर्देशन गर्न रुचाइदिनुमा मलाई आनन्द छ साथमा कलाकार प्राविधिकको रुपमा मञ्‍च नेपथ्यमा काम गर्नु हुने सबै प्रति म सदासदाको ऋणी छु ।

नाटकमा देखिने सवल पक्षहरु सम्बन्धित व्यक्तिका सक्षमता हुन्‌ । नाटकमा देखिने अमिल्दा कुराहरु मेरा कमजोरी हुन्‌ भनी स्वीकार गर्छु ।

मञ्‍चमा

(प्रवेश कमानुसार)

सूत्रधार : खेम नेपाली
पुष्पा : कृतिका दाहाल
अनन्त : नितेश गुरागाईं
चक्रधर : राम कुमार प्याकुरेल
सागर : जीवन कुइँकेल
प्रेरणा : जानुका दाहाल
कुन्ता : सीता न्यौपाने
पर्वत : भरत गुरागाई
बुढीआमा : सुनीता घिमीरे
ऋतीका : सुष्मा निरौला
अशोक : सुरेश कार्की
जीवन : ओमप्रकाश निरौला
दयालाल : राजेश ठाकुर
नविन : रविन चिमरिया
राजन : महेश तुलाधर
सई : प्रयाग न्यौपाने
प्रहरी-१ (विष्ट) : ओमप्रकाश निरौला
प्रहरी-२ (जगते) : मिलन नेपाली
शमसेर (नेत) : गणगण्डकीपुत्र
सुराकी : ढुर्गा कोशियाली

नेपथ्यमा

प्रकाश
परिकल्पना/परिचालन : मिलन नेपाली
सहयोगी : उद्धव सापकोटा

ध्वनि
सङ्कलन : आरोहण सङ्गीत कोश
संयोजन : प्रवीण खतिवडा
परिचालन : मिलन नेपाली, निर्मल शर्मा

गीत
रचना : भरत गुरागाई
सङ्गीत : साजन राई
स्वर : सुनिता लिम्बू

मञ्‍च
परिकल्पना : राम भजन कामत
सहयोगी : मिलन नेपाली, सिता न्यौपाने र मुकेश कर्ण

भेशभूपा
परिकल्पना : जीवन कुईइँकेल
सहयोगी : सीता न्यौपाने, अश्मिना भट्ट

लेखक : भरत गुरागाई
दृश्य सम्पादन : बसन्त भट्ट
निर्देशन सहायक : प्रयाग न्यौपाने
निर्देशन : जीवन कुइँकेल

Please wait while flipbook is loading. For more related info, FAQs and issues please refer to DearFlip WordPress Flipbook Plugin Help documentation.

0 comments on “पर्खाल

Comments are closed.