पहिलो अनुक्रम – कवि बैरागी काइँला

काव्यारोहण-आरोहण कविता यात्रा बैरागी काइँला

कवि परिचय

बैरागी काँइला

आयामेली आन्दोलन (२०२०) मार्फत साहित्य क्षेत्रमा नयाँ युगको शुरुवात गर्ने साहित्यकारको रूपमा परिचित मूर्धन्य कवि तथा चिन्तक बैरागी काइँलाको जन्म वि.सं. १९९६ साउन २५ गते पाँचथर जिल्लाको पौवा गाउँमा भएको थियो। थोरै तर सशक्त कविता लेखेर धेरै चर्चित, अर्थित र गर्वित प्राज्ञमा दरिने बैरागी काँइलाको वास्तविक नाम तीलबिक्रम नेम्बाङ हो।

विलक्षण बिम्बहरूमा भाषाको चामत्कारिक विलाश गर्नुहुने कवि काइँलाकोतेस्रो आयाम र लिम्बू भाषा तथा मुन्धुम’boutको खोज, अनुसन्धान तथा लिपिबद्धतामार्फत नेपाली साहित्य र संस्कृतिमा अमूल्य योगदान रहेको छ । बैरागी काइँलाका कविताहरू (२०३१), अन्धा मान्छेहरु र हात्ती (२०६८), बैरागी काइँलाका सङ्कलित कविता (२०७६) गरी उहाँको तीन कविता संग्रह प्रकाशित छन् । साथै तेस्रो आयाम, समकालिन साहित्य र लिम्बू भाषा–संस्कृति तथा मुन्धुम सम्बन्धी दर्जन बढी कृतिहरु प्रकाशित/सम्पादित छन् । उहाँका कविताहरु अङ्ग्रजी लगायत अन्य विभिन्‍न भाषामा अनुवाद भई प्रकाशित छन् ।

वि.सं. २०४७ मा तत्कालीन राजकीय प्रज्ञा प्रतिष्ठान (हाल नेपाल प्रज्ञा प्रतिष्ठान) का सदस्य हुनुभएको उहाँ २०६६ देखि २०७० सम्म नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति हुनुहुन्थ्यो ।

कवि काइँला साझा पुरस्कार (२०३१), सिद्धिचरण काव्य पुरस्कार (२०५३), जगदम्बा श्री पुरस्कार (२०७५), विपी–साहित्य सम्मान पुरस्कार (२०७६) लगायत विभिन्‍न सम्मान तथा पुरस्कारद्वारा विभूषित हुनुहुन्छ ।

काइँलाको आयामिक कविताको भाषा (छोटोमा, उहाँको    आयामिक भाषा) हेर्न, पहिले भन्‍नपर्छः उहाँका आयामिक     कविताहरुका बनोट र बुनोट दुवै घनवादिक (क्युबिस्टिक) छन्, सांश्लेषिक (सेन्थेटिक) घनवादीय । घनवादमा विवेचनात्मक बौद्धिकता निहित हुन्छ र छ उहाँका कवितामा र भाषाको लेखनमा पनि । तर छ  अत्याधिक सौन्दर्यात्मक र सांवेदनिक (सिन्सोरिअल) मिथक, प्रतीक, साङ्केतिकता, रुपकता,    बिम्बादिको सघन संयोजन छ उहाँको काव्यिक भाषाको वैशिष्ट्य । कविका बोध र भावका  ‘वस्तुपरक सहसम्बन्धक’ (अब्जेक्टिभ कोरेलेटिभ ) छन् ती ।     -इन्द्रबहादुर राई

Please wait while flipbook is loading. For more related info, FAQs and issues please refer to DearFlip WordPress Flipbook Plugin Help documentation.

0 comments on “पहिलो अनुक्रम – कवि बैरागी काइँला

Comments are closed.