पाँचौ अनुक्रम – कवि मनप्रसाद सुब्बा

कवि मनप्रसाद सुब्बा

कवि परिचय

सन् २०५२ सेप्टेम्बर ३ तारिखमा भारतको दार्जिलिङ, बिजनबारीमा जन्मनुभएका मनप्रसाद सुब्बा भारतको प्रतिष्ठित साहित्य अकादमी पुरस्कार विजेता कवि हुनुहुन्छ । दार्जिलिङको विद्यासागर उच्च माध्यामिक विद्यालय र बिजनबारी डिग्री कलेजमा अङ्ग्रेजी साहित्य अध्यापनमा संलग्न रहनुभएका सुब्बाको पूख्र्यौली थलो नेपालको पाँचथर, इम्बुङ हो ।

नेपाली साहित्यमा पाँच दशक बढिदेखि सक्रिय रहनुभएका वहाँ आफूलाई प्रवासी (नेपालको लागि) हुँ जस्तो नलाग्ने गरेको बताउनुहुन्छ । वहाँले भारतीय नेपाली कवि तथा लेखकको रुपमा विभिन्‍न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साहित्यिक समारोहहरुमा प्रतिनिधित्व गर्नुभएको छ ।

विद्यालय जीवनबाटै कवितामार्फत साहित्यिक यात्रा शुरु गर्नुभएका सुब्बाको बिब्ल्याँटो युगभित्र कार्टुन मान्छेहरु, बुख्याँचाहरुको देशमा, ऊष्मा, आदिम बस्ती, ऋतु–क्यानभासमा रेखाहरु, अक्षर–अर्केस्ट्रा, भुँइफुट्टा शब्दहरु, नेत्तिफुङ्को बासना, मनप्रसाद सुब्बाका प्रतिनिधि कविताहरु गरी नौवटा कवितासङ्ग्रहहरु प्रकाशित छन् । साथै, वहाँले आलोचनात्मक निबन्धको एक पुस्तकको सहलेखन तथा नेपाली र अङ्ग्रेजी भाषाका दुई वटा पत्रिका एवम् दुई स्मारक पुस्तकहरुको सम्पादन गर्नुभएको छ । वहाँले नेपाली र हिन्दी भाषाका केही कविता र आख्यानलाई अङ्ग्रेजीमा अनुवाद समेत गर्नुभएको छ । वहाँका केही कवितासङ्ग्रहहरु अङ्ग्रेजी, हिन्दी र मैथिलीमा अनुवाद भई प्रकाशित छन् भने धेरै कविताहरु भारतका प्रमुख भाषाहरुमा अनुदित भएका छन् ।

कवि सुब्बा भारतको प्रतिष्ठित साहित्य अकादमी पुरस्कार (१९९८), रत्नश्री स्वर्णपदक (१९९३), आसाम नेपाली साहित्य सभा पुरस्कार (२०११) लगायत विभिन्‍न सम्मान तथा पुरस्कारद्वारा विभूषित हुनुहुन्छ ।

…मनप्रसाद सुब्बाजस्ता अनन्यतम् कविले अर्थात् काव्य–स्रष्टाले समयहरूलाई स्वयम् निर्माण गर्छन् ।

कहिले गहीरो स्नेह र मोह जीवनको, कहिले काहीँ तटस्थता र सम्बद्ध असम्बद्ध यात्रामा कहिले चिन्तन र सोचले विशेष अनुभूति परिसरले छोएर अर्कै काव्य–व्योम बन्छ – कवि मनप्रसादको शैली त्यही हो । हामीलाई उहाँका, कवि मनप्रसाद सुब्बाका ज्यादै मनपर्नेन कुराहरू यिनै हुन् ।

उहाँको विशिष्टताले हाम्रो काव्य जगतलाई सधैँ वैभवपूर्ण बनाइरहन्छ ।

– ईश्वरवल्लभ (साभार : अक्षर अर्केष्ट्रा)

Please wait while flipbook is loading. For more related info, FAQs and issues please refer to DearFlip WordPress Flipbook Plugin Help documentation.

0 comments on “पाँचौ अनुक्रम – कवि मनप्रसाद सुब्बा

Comments are closed.