मसान टार

मिति : २०७४ भाद्र १४ गते देखी २१ गतेसम्म
समय : साँझ ५:०० वजे

नाटकका बा‍रेमा

मसानटार, पुर्वी नेपालको विकट पहाडि श्रेत्रको एउटा काल्पनिक गाउँ हो । सामान्यतया सुनौलो भविष्यको खोजिका लागि गाउँबाट शहर, भौगोलिक विकटताबाट सहजता र बेरोजगारहरु रोजगारीका लागि बसाई सर्नु स्वाभाविक हो । तर प्रेतआत्माहरुको आतङ्कले गाउँ नै रित्तिन लागेको अनौठो नियति भोगिरहेको गाउँ हो, मसानटार । र यस अबस्थामा पनि गाउँ बस्ने चाहना गर्ने एक युवाको कथा हो ।

एउटा युवक आफनो बुवाआमाको आकस्मिक मृत्यु पश्चात शहरबाट गाउँ फर्कन्छ र गाउँमा बुवाको स्कुल खोल्ने सपना साकार गर्न ऊ गाउँमै बस्ने योजना बनाउँछ । गाउँलेहरुले नाना थरिका मसान, प्रेतआत्मा र भुतको कथा सुनाएर उसको मनमा पनि भुतप्रेतको विउ रोप्न खोज्छन् । एकरात उसको सपनामा पनि भुतहरु देखा पर्छ । तर सपना यथार्थ भन्दा पर हुन्छ भन्ने कुरा उसलाई स्पष्ट थाहा छ । उ भुत प्रेतमा खासै विस्वास गर्दैन । एकदिन गाउँको धामी गाउँबाट हराएको कुरा सर्वत्र चल्छ, धामी हराएको धेरै दिन भएकोले गाउँमा प्रेतआत्माहरु सल्बलाउन थालेकोले गाउँमा र भुत देखा पर्न थालेको हल्ला चल्छ । एक दिन उसको बहिनी विरामी पर्छे र डाक्टर लिन कोशिको छेउ हुँदै कुद्दै जाँदा सबैले भन्ने गरेको मसाने भिरमा लडेर उ प्राण शुन्य हुन्छ । त्यसैबेला त्यस गाउँमा धामि आईपुग्छ र त्यस युवकलाई गाउँलेहरुले बोकेर घर ल्याएको हुन्छ । धामीले आफनो अलौकिक शक्ति र तान्त्रीक विधा को प्रयोग प्राणवायु भरिदिन्छ र त्यस युवकले नयाँ जिवन पाउँछन् ।

समुहका बा‍रेमा

वि.सं.२०३८ साल माघ महिनाको श्रीपञ्चमीको दिन बिराटनगरका उत्साही युवाहरुको प्रयासमा बिराटनगरमा नै स्थापना गरिएको रंगकर्मीहरुको एक सामाजिक संस्था हो आरोहण । यसपछि यही आरोहण २०५६ सालमा काठमाण्डौमा समेत दर्ता गरियो ।
ललितकलाका सम्पूर्ण विधाहरुसंग सकारात्मक अन्तरसम्बन्ध र ति‍नीहरुको सार्थक उपयोग, मानवीय संवेदनायुक्त सार्थक नाटकहरुको कलात्मक प्रस्तुती तथा विभिन्न समुदायका पारम्परिक नाट्य शैलीहरुको आधुनिक उपयोगद्वारा रंगमञ्चलाई गाउँ–गाउँ, दैलो–दैलोसम्म पु¥याएर एउटा निर्भिक, सौन्दर्ययुक्त, स्वस्थ, सुन्दर र इमान्दार समाज एवंमसँस्कृतिको निर्माण गर्नु आजको हाम्रो समाजको आवश्यकता हो भन्ने अनुभव गरी एउटा साँस्कृतिक संस्था स्थापना हुनु अत्यन्तै आवश्यक देखिएकोले यो संस्था खोलिएको र यसैमा प्रतिवद्ध रहने संस्थाको विधानको प्रस्तावनामा समेत स्पष्ट उल्लेख गरिएको छ । यसबाहेक संस्था सामाजिक न्याय, बहुलवाद, प्रजातन्त्र र समावेशी लोकतन्त्रमा समेत प्रतिवद्ध छ ।

आरोहण वाणी

आरोहण गुरुकुल विराटनगरले नियमित रुपमा रंगमञ्‍चीय गतिविधिहरु गर्दै आईरहेका छाैँ । यस पटक साउन २२ गतेदेखि भाद्र २२ गतेसम्म १ महिने अभिनय प्रशिक्षण कार्यशाला आयोजना गरेका छौँ । आरोहणसँग आवद्ध र केहि नयाँ कलाकारहरु सहभागि कार्यशालामा १५ जना प्रशिक्षार्थि रहेको छ ।

साउन २८ गते पुर्वाञ्चलमा आएको भिषण बाढिले कार्यशालालाई पनि प्रभाव परेको थियो । त्यस प्राकृतिक विपत्तीबाट थुप्रै जन धनको क्षति पुग्न गएको छ । बाढि पिडित परिवारलाई राहत उपलव्ध गराउने अभिप्रायले लाइन्स कल्व अफ विराटनगर समृद्धिको सह—आयोजनामा हाम्रो कार्यशालामा सहभागि प्रशिक्षार्थिहरुबाटै नयाँ नाटक मसानटार तयार गरेका छौँ । यस नाटकलाई १ हप्ता प्रदर्शन गर्ने र प्रदर्शनबाट संकलित सम्पुर्ण रकम बाढि पिडितलाई उपल्वध गराउने प्रतिबद्धता गरेका छौँ ।

 
मञ्‍चमा
       झाक्री       :               मिलन पौडेल 
       रुपक       :               रविन चिमरिया
       अश्मि       :               मनिषा मिश्र
       धनजिते      :               सुरेश विद्रोहि
       सुलसुले      :               भरत दाहाल 
       माने         :              राजेश ढकाल
       खच्चड ड्राइभर :              राजेश राजवंशि
       भक्ते        :              विकाश पराजुली
       माझी        :              शिव महतो
       पसले        :              सविन भट्टराई

नेपथ्यमा 
        मञ्‍च परिकल्पना :        दिपेश भण्डारी
        मञ्‍च निर्माण    :           रविन , भरत, विकास
        प्रकाश परिकल्पना/परिचालन : दिपल बराल
        प्रकाश सहयोगि  :          भरत दाहाल, सागर विश्वास
        ध्वनी निमार्ण/परिचालन  :  अशोक गौतम
        मञ्‍च सामाग्री  :           सुरेश विद्रोहि÷राजेश राजबंशि
        भेषभुषा  :                विकास पराजुलि
        मञ्‍च व्यबस्थापन :        मिलन पौडेल
        निर्माण  व्यास्थापक :       भैरव क्षेत्रि
        मुल कथा :                मिलन पौडेल
        लेखन तथा निर्देशन :       प्रदिप कुमार चौधरी

Please wait while flipbook is loading. For more related info, FAQs and issues please refer to DearFlip WordPress Flipbook Plugin Help documentation.

0 comments on “मसान टार

Comments are closed.