आरोहण पूर्वाञ्चल केन्द्रको रुपमा निर्माण गरिएको गुरुकुल बिराटनगरमा तपाईंलाई हार्दिक स्वागत गर्दछौं ।
राजधानीमा मात्र सीमित नरही उपत्यका बाहिर पनि साहित्यिक-साँस्कृतिक गतिविधी संचालन गर्ने उद्देश्यले स्थापना गरिएको यो केन्द्र हाम्रो एउटा विनम्र प्रयास र ठूलो सपना हो ।
यो काममा हामीलाई बिराटनगरका सबै राजनैतिक दलहरु, स्थानीय निकाय तथा नागरिक समाज सबैले सघाउनु भएको छ । उहाँहरु सबैलाई धन्यवाद ।
म बिराटनगरका दुईजना अग्रज रगकर्मीहरुलाई स्मरण गर्न चाहन्छु । स्व. माधव सापकोटा र स्व. दिपक आलोक दुवैको ठूलो नैतिक बल यो केन्द्रसंग जोडिएको थियो । आज उहाँहरु हामी बीचमा हुनुहुन्न । तर उहाँहरुको आर्शिवाद हामीसंग छ ।
अब यो साँस्कृतिक केन्द्र बिराटनगरको सम्पति हो । हामी सधैं तपाईंको सुझाव, सल्लाह, मद्दत र मार्गनिर्देशनको अपेक्षा गर्दछौं ।
-सुनील पोखरेल
मत्र्चन तालिका
दिउँसो १.३० र साँझ ५.३० बजे (पहिलो दिन साँझ ५.३० मा मात्र प्रदर्शन हुनेछ )
मिति | नाटक | |
असोज २५-२७ | अग्निको कथा | इवेन्ट |
असोज २८-३० | जात सोध्नु जोगीका | इवेन्ट |
कार्तिक ३-५ | पुतलीको घर | इवेन्ट |
कार्तिक ६-८ | ताराबाजी लै लै… | इवेन्ट |
कार्तिक ९-११ | मायादेवीको सपना | इवेन्ट |
कार्तिक १२-१४ | छुतहा घैल (मैथिली) | इवेन्ट |
कार्तिक १५-१७ | डा. कनक | इवेन्ट |
कार्तिक १८-२० | न्यायप्रेमी | इवेन्ट |
Please wait while flipbook is loading. For more related info, FAQs and issues please refer to DearFlip WordPress Flipbook Plugin Help documentation.
0 comments on “आरोहण राष्ट्रिय नाटक महोत्सव २०६६”