शाश्वत

शाश्वत

मिति : २०७६ श्रावण १८ गते देखी २५ गतेसम्म
समय : साँझ ५:३० वजे

नाटकको बा‍रेमा

हामी कतिपय कुराहरु जिवनभर व्यक्त गर्दैनौं । त्यसका विविध कारण हुन सक्छन्‌ । यो नाटकमा तिनै कारण र अव्यक्त भावना तथा विचारहरु समेटिएको छ ।मानवको अस्तित्व र हाम्रो समाजबिचको दुरीलाई महाकवि लक्ष्मीप्रसाद देवकोटा र कवि कृष्ण पाखिनका केही कविताहरु तथा धर्मशास्त्रसँग जोडेर नाटक मार्फत देखाउने प्रयास गरेका छौँ । मान्छेलाई हेर्ने हाम्रो फरक-फरक दृष्टिकोण, फरक बुझाई र त्यसमाथीकोआम मान्छेको अभिव्यक्तिलाई नाटकमा देखाईएको छ ।

निर्देशकिय

केहिबर्ष देखि नाटक पढ्ने, हेर्ने, नाटकमा अभिनय गर्थेँ । केहिमहिना अघिमात्र नाट्य लेखन कार्यशालामा सहभागी हुँदा छोटो नाटक तयार गरेँ । विराटनगर फर्किसकेपछि अग्रज दाजुहरुको प्रोत्साहन र सहयोगमा त्यहि पाण्डुलिपीमाथि थप छलफल भयो । नाटक निर्देशन गर्ने लामो समयअघि देखिको चाहना पुरा गर्न पाएँ ।

नाटक कस्तो लाग्छ प्रतिक्रिया सुन्तका लागि उत्सुक छु ।

मञ्‍च
 
अशोक गौतम, विकास पराजुली, अरत कार्की, सृष्टि भट्टराई

ध्वनी : घिरज राई, नविन रेग्मी

नेपथ्यमा
प्रकाश परिकल्पना : भरत कार्की

मञ्‍च व्यवस्थापन : राजेश ठाकुर

सहन-निर्देशन : भरत कार्की, विकास पराजुली
लेखन तथा निर्देशन : अशोक गौतम

Please wait while flipbook is loading. For more related info, FAQs and issues please refer to DearFlip WordPress Flipbook Plugin Help documentation.

0 comments on “शाश्वत

Comments are closed.