सन्ध्या

Sandhyaa

मिति : २०७७ माघ ९ गते देखी १३ गतेसम्म
समय : दिउँसो ३:०० वजे

समुहको बा‍रेमा

वि.सं.२०३८ साल माघ महिनाको श्रीपञ्चमीको दिन बिराटनगरका उत्साही युवाहरुको प्रयासमा बिराटनगरमा नै स्थापना गरिएको रंगकर्मीहरुको एक सामाजिक संस्था हो आरोहण । यसपछि यही आरोहण २०५६ सालमा काठमाण्डौमा समेत दर्ता गरियो । ललितकलाका सम्पूर्ण विधाहरुसँग सकारात्मक अन्तरसम्बन्ध र ति‍नीहरुको सार्थक उपयोग, मानवीय संवेदनायुक्त सार्थक नाटकहरुको कलात्मक प्रस्तुति तथा विभिन्‍न समुदायका पारम्परिक नाद्‌य शैलीहरुको आधुनिक उपयोगद्वारा रंगमञ्‍चलाई गाउँ-गाउँ, दैलो-दैलोसम्म पुग्याएर एउटा निर्भिक, सौन्दर्ययुक्त, स्वस्थ, सुन्दर र इमान्दार समाज एवम्‌ सँस्कृतिको निर्माण गर्नु आजको आवश्यकता हो भन्‍ने अनुभव गरी एउटा साँस्कृतिक संस्था स्थापना हुनु अत्यन्तै आवश्यक देखिएकोले यो संस्था खोलिएको र यसैमा प्रतिबद्ध रहने संस्थाको विधानको प्रस्तावनामा समेत स्पष्ट उल्लेख गरिएको छ । यसबाहेक संस्था सामाजिक न्याय, बहुलवाद, प्रजातन्त्र र समावेशी लोकतन्त्रमा समेत प्रतिबद्ध छ ।

लेखकका बा‍रेमा

भोजपुरमा जन्मिएर हाल विराटनगरमा बसी साहित्यमा अनवरत लागी परेका धिरज राई कविताका माध्यमबाट परिचित छन्‌ । उनले आफनो पहिलो नाटकमार्फत दश वर्षे माओवादी सशस्त्र द्वन्दकालको एउटा असरलाई प्रेममार्फत दर्शाएका छन्‌ ।

निर्देशकीय

लामो समयदेखि आरोहण गुरुकुलमा काम गरेँ । काठमाण्डौ गुरुकुलमा जहिल्यै पनि नाटकको पूर्वाभ्यास र मञ्‍चन हेर्दा मलाई पनि त्यो जीवन जिउने रहर जाग्थ्यो । तर व्यवस्थापकीय तथा वित्तिय कामहरुका बोझले सम्भव हुन्थेन । काठमाण्डौको बसाई छोडेर विराटनगर आएपछि पनि विराटनगर गुरुकुलमा कार्यक्रमहरु संयोजन तथा अन्य व्यवस्थापकीय कार्यले फुर्सद दिइरहेको थिएन ।

खै यसपालि धिरजले लेखिदिएको कथाले मन छोयो । सुनील दाइ र भैरव दाइको हौसलाले मन बलियो भयो । थाह छैन, लेखकको मर्म
नाटकमार्फत प्रस्तुत गर्न र अग्रजहरुको विश्वास अनुसार नाटक तयार गर्न सफल भएँ कि भइन ?

नाटक हेरेपछि सुझावको प्रतिक्षा रहिरहने छ ।

मञ्‍चमा

(प्रवेश क्रमानुसार)

सन्ध्या – जिना कार्की
हवल्दार – मिलन चाम्लिङ राई
रुञ्जु ढुङ्गेल – अनुपमा बास्तोला
सिपाही/बमप्रसाद ढुङ्गेल – प्रदीप दाहाल
इन्स्पेक्टर – सविन भट्टराई
देव – देवेन्द्र यादव
सन्तोष श्रेष्ठ – अशोक गौतम
डिएसपी – विकास पराजुली

नेपथ्यमा

प्रकाश
परिकल्पना / परिचालन - भरत कार्की

ध्वनी

सङ्कलन - आरोहण सङ्गित कोश

मञ्‍च

परिकल्पना - विकास पराजुली
सहयोगी - राजेश ठाकुर

भेषभुषा - जिना कार्की

लेखन - धिरज राई
निर्देशन - दिपेश भण्डारी

Please wait while flipbook is loading. For more related info, FAQs and issues please refer to DearFlip WordPress Flipbook Plugin Help documentation.

0 comments on “सन्ध्या

Comments are closed.