मिती : २०६८ असार ३ देखी १५ गते (सोमवार बाहेक)
समय : साँझ ५:३० बजे
नाटकका बारेमा
आरोहण गुरुकुल विराटनगरको दोस्रो प्रस्तुति हो नाटक ‘अन्धाको हात्ती’ । यो नाटक भारतीय व्यङ्ग्य साहित्यका प्रसिद्ध लेखक शरद जोशीको ‘अन्धों का हाथी’ को नेपाली रूपान्तर हो । नाटकको विषयवस्तु नेपालको वर्तमान अवस्थासँग पनि मिल्दोजुल्दो छ । त्यसैले हामीले यो नाटक रोजेका हौं। तीखो व्यङ्गग्ययुक्त यो नाटकमा आम नागरिकलाई नेतृत्ववर्गले कसरी मूर्ख-बनाउँछन्, उनीहरूका भावनामाथि खेलवाड गर्दै कसरी स्वार्थपूर्ति गर्छन् भन्ने कुराहरूको चित्रण गरिएको छ। राजनैतिक दुशचक्रको एउटा प्रतिबिम्ब हो यो नाटक । हामीलाई विश्वास छ, हाम्रा अन्य नाटकले जस्तै यो नाटकले पनि
तपाईंको माया पाउनेछ।
लेखकका बारेमा
शरद जोशी भारतीय व्यङ्ग्य साहित्यका प्रसिद्ध लेखक हुन् । उनलाई हिन्दी साहित्यमा कोसेढुङगाका रूपमा लिइन्छ । जागिरका क्रममा आफ्ना पिताको सरुवा भइरहने कारणबाट जोशीले मध्यप्रदेशका विभिन्न विद्यालयहरूमा अध्ययन गरे । अध्ययनपछि केही वर्ष पत्रकारिता र रेडियोमा पनि काम गरे र केही वर्ष सरकारी जागिर पनि खाए। त्यसपछि उनी स्वतन्त्र लेखनमा सक्रिय रहे । पछिल्लो समयमा उनको सान्निध्य भारतीय रङ्गमञ्चका सशक्त व्यक्तित्वहरूसँग भयो । रङ्गमञ्चसँग सम्बन्ध गाँसिएपछि जोशीले लेखेको पहिलो नाटक हो ‘अन्धों का हाथी’ अर्थात् अन्धाको हात्ती । जोशी एक कुशल व्यङ्ग्यकार भएकाले यस नाटकमा बिम्ब, प्रतीक र रूपकको सशक्त र कलात्मक प्रयोग भएको छ।
मञ्चमा: (प्रवेश क्रमानुसार) अन्धो १ - लक्ष्मणपुण्य लामिछाने अन्धो २ - रामकुमार प्याकुरेल अन्धो ३ -विवश पोखरेल अन्धो ४ - रामभजन कामत अन्धो ५ - सीता न्यौपाने सूत्रधार : सुवास थापा / जीवनकुमार कुइँकेल/ गजेन्द्र खतिवडा कोरस : मिलन नेपाली / गजेन्द्र खतिवडा/ कृष्ण धिताल /दीपा पोखरेल / सम्झना आचार्य/ अङिकता विश्वास नेपथ्यमा प्रकाश परिकल्पना तथा परिचालन : मिलन नेपाली सहयोगी : सम्झना आचार्य घ्वनि : संयोजन - गजेन्द्र सहयोगी - लक्ष्मण पुण्य परिचालन - बिरोज लामिछाने मञ्च : परिकल्पना : सुवास थापा सहयोगी : रामभजन कामत/ कृष्णप्रसाद धिताल नृत्य संयोजन : मणिकुमार राई गीत सङगीत : साजन राई भेषभूषा : सीता न्यौपाने मञ्च व्यवस्थापन : रामभजन कामत मूल लेखक : शरद जोशी अनुवाद : सुवास थापा / राजेन्द्र रिमाल / रमेश शाह निर्देशन : सुवास थापा चतुरेको दाउपेच लेखन : मोलिएर अनुवाद : कल्पना घिमिरे निर्देशन : सुनील पोखरेल
Please wait while flipbook is loading. For more related info, FAQs and issues please refer to DearFlip WordPress Flipbook Plugin Help documentation.
0 comments on “अन्धाको हात्ती”