मिति : २०६८ जेठ १ गते देखी २० गतेसम्म
समय : साँझ ५:३० वजे
आरोहरण-गुरुकुल, विराटनगरको पहिलो मञ्च नाटकमा स्वागत छ । गएको वर्ष उद्घाटन गरेर लगभग एक महिना लामो नाटक महोत्सव हामीले यहीँ सम्पन्न गरेका थियाैँ । यस वर्ष पनि गर्याैँ । तपाइँहरूले दिनुभएको सहयोग, सद्भाव र स्नेहले हामीलाई औधी हौस्याएको छ । जेनरेटर नभएका कारण हामीले नियमित नाटक मञ्चन गर्न सकेनौँ, अब हामीसँग जेनरेटर छ, त्यसैले निर्यामत रूपमा नाटक प्रस्तुत गर्ने सोच बताएका छौं । विश्वास छ तपाईंको सहयोग, सद्भाव र स्नेह पाइरहने छौं । नाटकपछि तपाईँका अमूल्य सुझाव र टिप्पणीको प्रतीक्षासहित ।
– सुनील पोखरेल
लेखकका बारेमा
बादल सरकार प्रशिद्ध भारतीय नाटककार, निर्देशक तथा रङ्गकर्मी हुनुहुन्छ । उहाँले थुप्रै नाटकहरू लेख्नुभएको छ । पगला घोडा, एवम् ईन्द्रजीत, बाकी इतिहास, जलुस आदि उहाँका चार्चित नाटकहरू हुन् । उहाँका अनेकौं नाटकहरू विभिन्न भाषामा अनुवाद भएर खेलिएका छन् । पछिल्लो समयमा उहाँ “तेस्रो रङ्गमञ्च” आन्दोलनमा सकृय हुनुहुन्थ्यो, जुन उहाँले नै सुरु गर्नुभएको रङ्गमञ्चीय सिद्धान्त/आन्दोलन हो । धेरैले उहाँलाई सडक नाटक आन्दोलनका पिता पनि भन्दछन् ।
१५ जुलाई १९२५ मा भारतको कोलकोतामा जन्मनु भएका सरकारको ८५ वर्षको उमेरमा २०११ मे १३ का दिन निधन भयो ।
मञ्चमा (प्रवेश क्रमानुसार) सञ्जीव : कृष्णप्रसाद घिताल भूपति : अनिल पोखरेल मनोहर : लक्ष्मणपुण्य लामिछाने साहु : रामकुमार प्याकुरेल कलीम : मिलन नेपाली पवन : रामभजन कामत मिस्टर थापा : जीवनकुमार कुइँकेल स्वप्ना : सीता न्यौपाने छन्दा : दीपा पोखरेल ठकुरी : खेम नेपाली कोरस : अङ्किता विश्वास नेपथ्यमा प्रकाश परिकल्पना : सुनील ध्वनि/सङ्गीत संयोजन : प्रवीण खतिवडा मञ्च परिकल्पना : रामहरि ढकाल मूल लेखक : बादल सरकार अनुवाद : विजय बिष्फोट निर्देशन सहायक : अनिल पोखरेल परिकल्पना/निर्देशन : सुनील पोखरेल
Please wait while flipbook is loading. For more related info, FAQs and issues please refer to DearFlip WordPress Flipbook Plugin Help documentation.
0 comments on “बहादुरपुरको दन्त्यकथा”