DESAPARECIDOS#43

DESAPARECIDOS#43

मिती : २०७५ फागुन १६ र १७ गते

नाटकको बा‍रेमा

नाटक यसो भन्दै चिच्याउँछ –‘हामी ययोजिम्पा हौँ । हामी ती ४३ जनालाई सम्झिरहेछौँ । उनीहरू हामीलाई सिध्याउन चाहन्थे तर हामी बिउ थियौँ ।’ यसो भन्दै यसले कहिल्यै नसकिने जबरजस्ती बेपत्ता पारिएको विषयलाई खोतल्छ । सँगै आशा पनि गर्छ कि रगत लत्पतिएको ठाउँबाट फूल उम्रिनेछ र फुल्नेछ । यसले अन्तर्वार्ता, सत्य र सूचनाको माध्यमबाट जनसहभागिता हुने गरी प्रस्तुति बनाएको छ, जसमा शरीर, चित्र तथा फोटोले दर्शकसम्म नाटकको भावनालाई लिएर जान्छ ।

निर्देशकीय

DESAPARECIDOS#43

यो नाटक केवल एक प्रस्तुति मात्र नभएर विश्वभरि नै जोखिममा पारिएका वा अभिव्यक्ति स्वतन्त्रता खोसिएका एवं आफ्ना विचार राख्न पाउने स्थान र प्रदर्शन गर्न पाउने अधिकारको खोजीमा उभिएका व्यक्तिहरूको पक्षमा गरिएकोकलात्मक विद्रोह हो । र∙कर्मी भएर यस्ता कुराहरूमा पनि बोल्नुपर्छ भन्‍ने मलाई लाग्छ । मैले कलाको माध्यमबाट मानिसहरूमा कसरी चेतना जगाउन सक्छु र न्यायको खोजीमा कसरी सघाउन सक्छु भन्‍ने कुराको पनि यो उदाहरण हुन सक्छ । यस यात्राको एक पात्र भएकोमा म खुसी छु ।

Director  Anna Dora Dorno
Playwright/Adaptor: Nicola Pianzola
Group:Instabili Vanganti

0 comments on “DESAPARECIDOS#43

Comments are closed.